काठमाडौं – नेपालीहरूको पर्व तिहारको अवसर पारेर नयाँ देउसी भैलो गीत ‘तिहारै झिलिली’ सार्वजनिक भएको छ। यस गीतमा अनिल खनालको शब्द, हेमराज डाँगीको लय तथा स्वर र गायिका अञ्जु विश्वकर्माको स्वर रहेको छ।
तिहारको मौलिकता, चाडपर्वको उमंग र देउसी भैलोको रमाइलोपनलाई गीतले समेटेको छ। गीतको भिडियो दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन्। यसको छायांकन सरोज ठकुरी र सम्पादन राजेश कुमारले गरेका छन्। हेमराज डाँगीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो भिडियोमा लोकेश बीसी, प्रीति गुरुङ, अस्मिता बुढा मगरलगायतका कलाकारले अभिनय तथा नृत्य गरेका छन्।
विभिन्न विधामा गीत लेख्न सक्ने गीतकार खनाल नेपाली सांगीतिक क्षेत्रमा निकै सक्रिय छन्। उनले लोकदोहोरी, पप, आधुनिक र चलचित्रका थुप्रै गीतमा शब्द लेखिसकेका छन्। यो नयाँ गीतले पनि तिहारको संस्कृति र देउसी भैलोको मिठासलाई दर्शक तथा श्रोतामाझ पुर्याउने अपेक्षा गरिएको छ।