१८ अशोज २०८३, आइतवार
4 October 2026, Sunday

बाढीको पीडा समेटिएको ‘खै कहाँ छ मेरो गाउँ’ गीत सार्वजनिक

बाढीको पीडा समेटिएको ‘खै कहाँ छ मेरो गाउँ’ गीत सार्वजनिक

काठमाडौं- गायक प्रचण्ड बाबु राईको स्वर तथा अभिनय रहेको नयाँ गीत ‘खै कहाँ छ मेरो गाउँ’ सार्वजनिक भएको छ। बाढीले पुर्‍याएको विनाशकारी क्षति र पीडालाई आधार बनाएर तयार पारिएको यस गीतको शब्द उमेश लम्सालले लेखेका हुन् भने संगीत हरि लम्सालले दिएका हुन्।

शिवन पोखरेलको निर्देशनमा तयार भएको यस भिडियोमा प्रचण्ड बाबु राई र पवित्रा आचार्यले मुख्य भूमिकामा अभिनय गरेका छन्। दीक्षीत पौडेलको एरेन्ज र प्रकाश मिश्रको मिक्सिङ रहेको गीत एक्कास्टिक स्टुडियोमा रेकर्ड गरिएको हो। सुदिप मैनालीको छायांकन र निरञ्जन केसीको सम्पादन रहेको यस म्युजिक भिडियोमा बाढीका कारण आफन्त र घरपरिवार गुमाउनु पर्दाको मार्मिक दृश्य देखाइएको छ।