२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अमेरिकाले मालावी र जाम्बियाका पर्यटक तथा व्यवसायिक भिसा आवेदकलाई १५ हजार डलरसम्मको जमानत राख्नुपर्ने नयाँ योजना घोषणा

अमेरिकाले मालावी र जाम्बियाका पर्यटक तथा व्यवसायिक भिसा आवेदकलाई १५ हजार डलरसम्मको जमानत राख्नुपर्ने नयाँ योजना घोषणा

अमेरिकी विदेश मन्त्रालयले आगामी अगस्ट २० देखि सुरु हुने र सन् २०२६ अगस्ट ५ सम्म चल्ने नयाँ पाइलट कार्यक्रमअन्तर्गत केही देशका पर्यटक तथा व्यवसायिक भिसा (B-1 र B-2) आवेदकलाई अधिकतम १५ हजार डलरसम्मको जमानत रकम राख्नुपर्ने व्यवस्था गरेको छ।

वासिङटन- यो योजना प्रारम्भमा मालावी र जाम्बियाका आवेदकहरूमा लागू हुनेछ, जसको उद्देश्य उच्च भिसा ‘ओभरस्टे’ (भिसा अवधि नाघ्ने) दर घटाउनु र सम्बन्धित देशहरूलाई आफ्ना नागरिकहरूको आवागमन नियन्त्रण तथा कागजात प्रमाणीकरणमा सुधार गर्न दबाब दिनु हो।

जमानत रकम ५ हजार, १० हजार वा १५ हजार डलर हुन सक्नेछ, जसको निर्धारण वाणिज्यदूत अधिकारीले आवेदकको यात्रा उद्देश्य, रोजगार, आय, सीप र शिक्षाजस्ता आधारमा गर्नेछन्। भिसा अवधि नाघ्ने वा नियम उल्लङ्घन गर्नेले उक्त रकम गुमाउनेछन्, जबकि समयमै फर्किनेहरूले पूर्ण फिर्ता पाउनेछन्।

यी भिसा धारकहरूले अमेरिका प्रवेश र प्रस्थानका लागि बोस्टन लोगान, न्युयोर्कको जेएफके, वा वाशिङ्टन डल्लस अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नुपर्नेछ।

ट्रम्प प्रशासनले यसलाई “सामान्यबुद्धिको लक्षित उपाय” भन्दै अमेरिकी आप्रवासन कानुन कार्यान्वयन र भिसा अवधि नाघ्ने प्रवृत्ति रोक्ने प्रयासको हिस्सा बताएको छ।