२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

क्यालिफोर्नियामा इमिग्रेशन छापाबाट भाग्दै गरेका व्यक्ति सडक दुर्घटनामा मारिए

क्यालिफोर्नियामा इमिग्रेशन छापाबाट भाग्दै गरेका व्यक्ति सडक दुर्घटनामा मारिए

क्यालिफोर्निया- दक्षिण क्यालिफोर्नियामा बिहीबार होम डिपो अगाडिको इमिग्रेशन छापाबाट भाग्ने क्रममा एक व्यक्तिको राजमार्गमा कारले ठक्कर दिँदा मृत्यु भएको छ।

लस एन्जलस काउन्टीको मोनोभ्रियाका सिटी म्यानेजर डिलन फाइकका अनुसार, प्रहरीले U.S. Immigration and Customs Enforcement (ICE) गतिविधि देखेपछि घटनास्थलमा पुगेको थियो। छापामारीका बीचमा एक व्यक्ति २१० फ्रीवेमा दौडेर पुगे, जहाँ केही क्षणमै कारले ठक्कर दियो। उनलाई अस्पताल लगिए पनि घाइतेको कारण मृत्यु भयो।

क्यालिफोर्निया हाईवे पेट्रोलका अनुसार, पीडित पुरुष हुन् र घटनाबारे अनुसन्धान जारी छ। उनको नाम सार्वजनिक गरिएको छैन। घटनापछि खिचिएको भिडियोमा कालो टिसर्ट लगाएका एक व्यक्ति सडकको भित्री लेन नजिक लडिरहेको देखिन्छ।

Department of Homeland Security ले भने आफ्ना अधिकारीहरूले पीडितलाई पछ्याएको इन्कार गर्दै उनको कानुनी स्थिति थाहा नभएको दाबी गरेको छ।

National Day Laborer Organizing Network की प्रवक्ता पामिरा फिगुएरोआका अनुसार, छापामा १३ जना कामदार पक्राउ परेका थिए र केहीलाई गाडीबाट पछ्याइएको थियो। राज्य सांसद जोन हराबेडियनले यस्तो छापा “परिवारमा त्रास फैलाउने र जीवन जोखिममा पार्ने” भन्दै आलोचना गरेका छन्।

हाल, आप्रवासन अधिकारीहरूले होम डिपो र अन्य निर्माण सामग्री पसलहरूमा, जहाँ डेला मजदुरहरू धेरै हुने गर्छन्, लक्षित छापामारी तीव्र पारेका छन्।