६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

डरहमले ‘फोर्थ एमेन्डमेन्ट वर्कप्लेस’ घोषणा गर्दै आप्रवासीलाई सुरक्षा दिने

डरहमले ‘फोर्थ एमेन्डमेन्ट वर्कप्लेस’ घोषणा गर्दै आप्रवासीलाई सुरक्षा दिने

न्युयोर्क- नर्थ क्यारोलिनाको डरहम सिटी काउन्सिलले अवैध आप्रवासी कामदारलाई संघीय आप्रवासन एजेन्सी (ICE) का छापामार कारबाहीविरुद्ध सुरक्षा दिने उद्देश्यले शहरलाई “फोर्थ एमेन्डमेन्ट वर्कप्लेस” घोषणा गरेको छ। प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो।

संविधानको चौथो संशोधनअनुसार अनावश्यक खोजी र गिरफ्तारीविरुद्ध नागरिकको अधिकार सुनिश्चित हुन्छ। प्रस्तावले नगर कर्मचारीलाई चौथो संशोधन कार्यस्थलमा लागू गर्न, तालिम दिन र कार्यान्वयनमा देखिएका अवरोधबारे प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।

यो निर्णय गत जुलाईमा डरहम काउन्टी अदालतमा सादा पोशाकधारी ICE अधिकारीहरूले एक आप्रवासीलाई पक्राउ गर्न खोज्दा स्थानीयमा भय फैलिएको घटनापछि आएको हो। मेयर लियो विलियम्सले “संघीय कदमलाई रोक्न नसकिए पनि समुदायसँग रणनीतिक ऐक्यबद्धता जरुरी” रहेको बताए।

स्थानीय आप्रवासी परिवार र अधिकारकर्मीहरूले यसलाई स्वागत गरेका छन्। उनीहरूले यस्तो कदमले आप्रवासीलाई शिक्षा, रोजगारी र सार्वजनिक जीवनमा निडर सहभागिताको वातावरण बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। डरहम यसअघि क्यारबोरोपछि यस्तै कदम चाल्ने दोस्रो नर्थ क्यारोलिना शहर बनेको छ।