२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

अमेरिकाबाट १२० इरानी निर्वासित, यसै हप्ता घर फर्किँदै

अमेरिकाबाट १२० इरानी निर्वासित, यसै हप्ता घर फर्किँदै

न्युयोर्क – राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिअन्तर्गत अमेरिकाबाट १२० जना इरानी नागरिकलाई यसै हप्ता स्वदेश फर्काइने भएको छ।

इरानको विदेश मन्त्रालयका कन्सुलर मामिला अधिकारी हुसेन नौशाबादीका अनुसार आगामी दुई दिनमै ती नागरिकहरू तेहरान आइपुग्नेछन्। अमेरिकी अध्यागमन सेवाले हाल करिब ४०० इरानीलाई निर्वासन गर्ने निर्णय गरेको जनाइएको छ।

यसअघि न्यूयोर्क टाइम्सले वासिङ्टन र तेहरानबीचको सम्झौता अन्तर्गत करिब सय जना इरानीलाई मातृभूमि पठाइसकिएको जनाएको थियो।

अमेरिकी अधिकारीहरूले भाडामा लिएको विमान सोमबार साँझ लुइसियानाबाट उडेको र कतार हुँदै मंगलबार तेहरान अवतरण गर्ने अपेक्षा गरिएको छ।

ट्रम्प प्रशासनले आप्रवासीहरूलाई कठोर मानव अधिकार अवस्थाका मुलुकहरूमा समेत फर्काइरहेको भन्दै आलोचना भइरहेको छ।