१ भदौ २०८३, सोमवार
17 August 2026, Monday

मोतिराज, बैकुण्ठ र रेखाको नयाँ तीज गीत ‘कम्मरु भाँचम्ला’ सार्वजनिक

मोतिराज, बैकुण्ठ र रेखाको नयाँ तीज गीत ‘कम्मरु भाँचम्ला’ सार्वजनिक

काठमाडौं- गायक मोतिराज खनाल, बैकुण्ठ महत र गायिका रेखा पोख्रेलको स्वरमा रहेको नयाँ तीज गीत ‘कम्मरु भाँचम्ला’ सार्वजनिक भएको छ। काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी यो गीत दर्शकमाझ ल्याइएको हो।

गायक मोतिराज खनालकै अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले गीतको औपचारिक विमोचन गरे। समारोहमा कलाकारहरु पार्वती अधिकारी, कृष्ण कँडेल, ऋषिराम भुसाल लगायत धेरै अतिथिहरु उपस्थित थिए। कार्यक्रमको सञ्चालन विशाल मिश्रले गरेका थिए।

यस गीतमा मोतिराज खनाल र किरण पन्थीको शब्द तथा मोतिराजकै संगीत रहेको छ। गीतको भिडियोमा भुवन के. पोखरेल, जुना कार्की, भगवान् भण्डारी र रेणुका बरालले अभिनय तथा नृत्य गरेका छन्। भिडियोको निर्देशन शिवाजी क्षेत्रीले, छायांकन सुनिल राउतले र सम्पादन विनोद बमले गरेका हुन्।

गीतमा श्रीमान्–श्रीमतीबीचको रमाइलो सम्बन्ध र चेली–माइतीको भावनात्मक मायालाई समेटिएको छ। गायक मोतिराजले मौलिकता जोगाउँदै सबै उमेरका दर्शकलाई नचाउने खालको गीत तयार पारेको बताए। यो म्युजिक भिडियो मोतिराज खनालको आफ्नै युट्युबमार्फत हेर्न सकिन्छ।