१ भदौ २०८३, सोमवार
17 August 2026, Monday

शिवन पोखरेलको निर्देशन रहेकाे ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक

शिवन पोखरेलको निर्देशन रहेकाे ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक

काठमाडौं- २०८३ सालको तीजलाई लक्षित गर्दै ‘तीजको लहर आउँदा बरिलै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। यस गीतमा पुजन काफ्लेको शब्द र स्वर रहेको छ।

गीतको सङ्गीत जीआर बानियाँले भरेका छन् भने सङ्गीत संयोजन सन्तोष प्रगादले गरेका छन्। मूर्छङ्गा डिजिटलमा रेकर्ड गरिएको यो गीतको ध्वनि मिश्रण सञ्जय श्रीपालले गरेका हुन्।

शिवन पोखरेलको निर्देशन तथा नृत्य निर्देशन रहेको भिडियोमा बिना राउतले मुख्य अभिनय गरेकी छिन्। उनलाई यज्ञ बहादुर काफ्ले, मैया देवी काफ्ले, भीम थापा, दर्पण भुजेल, समीक्षा केसी र रोशनी बरालले अभिनयमा साथ दिएका छन्। भिडियोको छायाङ्कन दिपक गिरीले र सम्पादन तथा रङ संयोजन मिलन विश्वकर्माले गरेका हुन्। यसमा सह-नृत्य निर्देशन दिपेश एसकेले गरेका छन्।

पुनम काफ्ले, यज्ञ बहादुर काफ्ले र मैया देवी काफ्ले निर्माता रहेको यस भिडियोमा कलाकारको श्रृङ्गार सरोज बुढाथोकीले गरेका छन् भने पहिरन सम्झना बुटिकले तयार पारेको छ।