९ भदौ २०८३, मङ्लबार
25 August 2026, Tuesday

विक्रमबाबुले जिते सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड

विक्रमबाबुले जिते सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड

काठमाडौं – लोकप्रिय सर्जक विक्रमबाबु विश्वकर्माले ‘९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ मा सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड जितेका छन्। उनले चर्चित ‘गण्डकी गीत’ का लागि यो सम्मान पाएका हुन्।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनलाई यो अवार्ड प्रदान गरिएको हो। कार्यक्रम समितिका अध्यक्ष प्रसाद लामिछानेको अध्यक्षता र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनालको प्रमुख उपस्थितिमा सम्पन्न भएको थियो।

लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाएका विक्रमबाबुका ‘नन्दनी’, ‘लौन नि भैया’, ‘डोरी बाटेर’, ‘बन्दीपुरे माइलो’, ‘मूलको पानी’ लगायतका दर्जनौं गीत चर्चित छन्। सरल विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गर्न सिपालु उनले लोकदोहोरी मात्र नभई आधुनिक गीतमा पनि आफ्नो सिर्जना पस्किएका छन्।

गुल्मीमा जन्मिएर रूपन्देहीको बुटवलमा सञ्चारकर्म र कलाकारिता गरेका उनी पछिल्लो समय काठमाडौंमा बसेर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका छन्।