७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

अष्ट्रेलियाको हिल्टन होटलमा ठोक्कियो हेलिकोप्टर

अष्ट्रेलियाको हिल्टन होटलमा ठोक्कियो हेलिकोप्टर

क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ ।

आइतबार स्थानीय समय अनुसार लगभग १ः५० बजे हिल्टन होटलको डबलट्रीमा विमानले ठक्कर दिएको थियो, लगत्तै आगलागी भएको छ । र, सो हेलिकोप्टर ठोक्किए पछि सम्भावित खतराका कारण सयौं पाहुनाहरूलाई बाहिर निकालिएको थियो ।

अधिकारीहरूले भनेका छन् कि हेलिकप्टरमा सवार एक मात्र व्यक्तिको घटनास्थलमा मृत्यु भएको छ ।  होटलका दुई अतिथिहरू ८० वर्षको एक पुरुष र ७० वर्षको एक महिलालाई स्थिर अवस्थामा अस्पताल लगिएको थियो।

क्वीन्सल्याण्ड पुलिस र एभिएसन सेफ्टी वाचडगले दुर्घटनाको परिस्थितिको अनुसन्धान गरिरहेको छ, हेलिकप्टर चार्टर गर्ने कम्पनीले यो अनधिकृत उडानमा रहेको बताएको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।