७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

मरेका माछा हटाउन ग्रीसको भोलोसमा एक महिना संकटकाल

मरेका माछा हटाउन ग्रीसको भोलोसमा एक महिना संकटकाल

मध्य ग्रीसको बन्दरगाह शहर भोलोसमा मरेका माछाहरू डुबानमा फसेपछि सफाइका लागि सरकारले एक महिना सङ्कटकालको घोषणा गरेको छ।

एथेन्स समाचार एजेन्सीका अनुसार जलवायु मन्त्रालयका नागरिक सुरक्षामामिला मन्त्री भासिलिस पापाजर्जिउले जारी गरेको एक महिना लामो सङ्कटकालको घोषणाले पागासेटिक गल्फ पोर्ट (बन्दरगाह)को सफाइलाई गति दिन कोष र स्रोत जुटाउने र प्रयोग गर्नेछ ।

भोलोसको समुद्री किनार र नदीहरूमा कैयौँ टन मरेका माछाहरू थुप्रिएका छन् ।

एथेन्सको उत्तरमा रहेको भोलोस बन्दरगाहमा गत वर्ष आएको विनाशकारी बाढीपछि आएको यो दोस्रो वातावरणीय विपत्ति हो ।

बाढीले सन् १९६२ मा औलोविरुद्ध लड्न निकालिएको नजिकैको तालमा सामान्य अवस्थामाभन्दा तीन गुणा पानी जम्मा भएको थियो ।

तातो पानीका कारण माछा मरेपछि शहरभरी दुर्गन्ध फैलिएको छ ।

एर्टन्यूज च्यानलका अनुसार पागासेटिक नदीमा आएको बाढीमा डुबेका हजारौं मरेका माछामध्ये अधिकांशलाई निकालिएको छ । मङ्गलबार मात्रै अधिकारीहरूले भोलोस नजिकैको समुद्री किनारमा बगाइएका ५७ टन मरेका माछा हटाएका थिए।

सिरिया नदीको मुहानमा मरेका माछाहरू राख्न विशेष जालहरू राखिएको छ । रेष्टुरेण्ट तथा बारहरूको स्थानीय सङ्घका अनुसार गत वर्षको बाढीपछि यस क्षेत्रमा पर्यटकको सङ्ख्यामा करिब ८० प्रतिशतले कमी आएको छ ।