२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका आउँदै

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका आउँदै

न्युयोर्क- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका आउँने भएका छन्। आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको हो।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, यूएन तथा अन्तर्राष्ट्रिय संस्थाहरुको महाशाखा प्रमुख अमृतकुमार राई, निजी चिकित्सक रहेका छन्।

असोज ५ गते अमेरिका गएर असोज १५ गते स्वदेश फर्कने कार्यक्रम छ। महासभा भदौ २५ देखि असोज १२ सम्म अमेरिकाको न्युयोर्कमा हुँदैछ।