२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

पाकिस्तानमा एक पत्रकारको गोली हानी हत्या

पाकिस्तानमा एक पत्रकारको गोली हानी हत्या

न्युयोर्क- पाकिस्तानको बलुचिस्तानको मस्तुङ क्षेत्रमा एक समाचार एजेन्सीका लागि काम गर्ने स्थानीय पत्रकारको हत्या भएको छ।

निसार अहमद लेहरी आफ्नो घरतर्फ गइरहेका बेला हतियारधारीले उनीमाथि गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

पाकिस्तान फेडरल युनियन अफ जर्नलिस्ट र बलुचिस्तान युनियन अफ जर्नलिस्टले निसार अहमद लेहरीको हत्याको कडा निन्दा गरेको  समाचारमा जनाइएको छ। पिएफयुजे र बियुजेले पत्रकारका हत्यारालाई पक्राउ गर्न सरकारसँग माग गरेका छन् ।

मस्तुङस्थित सरावन प्रेस क्लबका प्रेस सेक्रेटरीसमेत रहेका निसार लेहरीको हत्याले प्रदेशका सञ्चारकर्मीमा डर बढाएको उनीहरुले बताएका छन्।