२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

भारतीय कम्युनिस्ट पार्टीका महासचिव यचुरीको निधन

भारतीय कम्युनिस्ट पार्टीका महासचिव यचुरीको निधन

न्युयोर्क । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्कारका अनुसार ७२ वर्षीय यचुरीको बिहीबार दिउँसो दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस (एम्स)मा निधन भएको हो।

भारतको कम्युनिस्ट पार्टीले सामाजिक सञ्जाल ट्विटर (एक्स) मा याचुरीप्रति आफ्नै शैलीमा श्रद्धाञ्जली अर्पण गरेको छ।  कम्युनिस्ट पार्टीले लेखेको छ , ‘हाम्रो प्रिय कमरेड महासचिव सिताराम यचुरीको आज एम्स अस्पतालमा निधन भएको छ। लाल सलाम कमरेड सिताराम यचुरी। ’ श्वासप्रश्वास नलीमा गम्भीर सङ्क्रमण देखिएपछि उहाँलाई अस्पतालको आइसियुमा राखिएको थियो।

भारतको राज्य सभामा सन् २००५ देखि २०१७ सम्म सांसद बन्नुभएका नेता याचुरीले नेपाल र भारतको सम्बन्धलाई विशेष जोड दिनुहुन्थ्यो।  यचुरी सन् २०१५ देखि भारतको कम्युनिस्ट पार्टीको महासचिव हुनुहुन्थ्यो।  उहाँ सन् १९५२ मा चेन्नईमा जन्मनुभएको थियो।