२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

अमेरिकी चुनावको बारेमा चिन्तित छैन: नेटो प्रमुख

अमेरिकी चुनावको बारेमा चिन्तित छैन: नेटो प्रमुख

ब्रसेल्स(बेल्जियम)- मार्क रुटले युक्रेनलाई समर्थन गर्ने वाचा गर्दै मङ्गलबार विश्वको सबैभन्दा शक्तिशाली सैन्य गठबन्धन नेटोको नेतृत्व ग्रहण गरेका छन।

रुटले आसन्न अमेरिकी राष्ट्रपति चुनाव जित्ने जो कोहीसँग काम गर्न सक्ने उल्लेख गर्दै गठबन्धनको स्थिरतामा मतदानको सम्भावित प्रभावबारे “चिन्तित नभएको“ बताएका छन ।

“मलाई चिन्ता छैन, म दुबै उम्मेदवारलाई राम्ररी चिन्छु, मैले डोनाल्ड ट्रम्पसँग चार वर्ष काम गरेँ “ उनले भने ।

युक्रेनलाई सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक राष्ट्रको रूपमा सुनिश्चित गर्नका लागि नेटो सधै युक्रेनको पक्षमा रहने उहाँले पत्रकारहरूको प्रश्नमा प्रष्ट पार्दै बताएका हुन।

यद्देपी क्रेमलिनको पूर्ण आक्रमणको साढे तीन वर्षभन्दा बढी समयसम्म पनि रूसी सेना युद्धको मैदानमा अघि बढ्दै जाँदा युक्रेनलाई पश्चिमी समर्थनबारे अनिश्चितता उत्पन्न भएको छ ।

हालसम्म नेटोका सदस्यले युक्रेनलाई सबै विदेशी हतियारको ९९ प्रतिशत आपूर्ति गरेका छन् ।