२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड

अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड

न्युयोर्क- काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड लागु हुने जनाएको छ।

यही वैशाख १५ गतेदेखि सम्पूर्ण भिसा आवेदकहरूले कन्फर्मेसन बारकोड नम्बर सहितको डिएस-१६० भिसा आवेदन फारम साथमा लिएर जानुपर्नेछ।

आवेदकहरूले अनलाइन माध्यम अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको कन्फरमेसन नम्बर र बारकोड नम्बर मेल खानु पर्नेछ।

मेल नखाएको खण्डमा भिसा अन्तर्वार्तामा सहभागी गराउन नसक्ने दूतावासले जनाएको छ।

यसरी मेल नखाएको खण्डमा नयाँ अपोइन्टमेन्ट बुक गरेर भिसा आवेदन अगाडि बढाउनुपर्ने उल्लेख गरेको छ।