२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

लस एन्जेलस उत्तरमा ‘क्यान्योन आगलागी’ – हजारौंलाई तत्काल उद्धार आदेश

लस एन्जेलस उत्तरमा ‘क्यान्योन आगलागी’ – हजारौंलाई तत्काल उद्धार आदेश

लस एन्जेलस – बिहीबार दिउँसो उत्तरी लस एन्जेलसको पहाडी क्षेत्रमा लागेको ‘क्यान्योन’ नामक डढेलो तीव्र रूपमा फैलिँदा हजारौं बासिन्दालाई उद्धार आदेश जारी गरिएको छ।

वेन्टुरा काउण्टी आपतकालीन सेवाअनुसार दिउँसो करिब १:३० बजे सुरु भएको आगलागी पाँच घण्टामा १,५०० एकडभन्दा बढी क्षेत्रमा फैलिएको र बिहीबार बेलुकीसम्म शून्य प्रतिशत मात्र नियन्त्रणमा आएको छ।

यो आगलागी लेक पिरु नजिकैको लस पाड्रेस नेशनल फरेस्टमा फैलिएको हो, जहाँ तीव्र गर्मी, कम आर्द्रता, सुख्खा बोटबिरुवा र कठिन भू–भागका कारण नियन्त्रण कठिन बनेको छ। करिब २५० दमकलकर्मी, हेलिकप्टर र हवाई सहायतासहित आगो नियन्त्रणमा खटिएका छन्।

लस एन्जेलस काउण्टीमा करिब ४,२०० बासिन्दा र १,४०० घरधुरी उद्धार आदेशअन्तर्गत छन् भने थप १२,५०० जनालाई सतर्कता चेतावनी दिइएको छ।

यसैबीच, मध्य क्यालिफोर्नियामा फैलिएको ‘गिफोर्ड’ नामक ठूलो डढेलो यस वर्षको सबैभन्दा ठूलो बन आगलागी बनेको छ, जसले करिब ९९,२३२ एकड क्षेत्र जलाइसकेको र १५% मात्र नियन्त्रणमा आएको छ।

आगामी दिनमा तीव्र गर्मी र सुख्खा मौसमका कारण दक्षिणी क्यालिफोर्नियामा डढेलोको जोखिम अझ बढ्ने पूर्वानुमान गरिएको छ।