सुडानमा पहिरो, गाउँ नै मेटिँदा १,००० बढीको मृत्यु
- १७ भदौ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- सुडानको दारफुर क्षेत्रको मर्राह पर्वतस्थित तारासिन गाउँमा गएको पहिरोले पूरै बस्ती मेटिँदा करिब १,००० मानिसको ज्यान गएको छ। विद्रोही समूह सुडान लिबरेशन मुभमेन्ट-आर्मी का अनुसार आइतबार परेको भारी वर्षापछि आएको पहिरोमा गाउँका सबै बासिन्दा मारिएका छन्, केवल एक जनामात्र बाँचेका छन्।
गाउँ पूर्ण रूपमा ध्वस्त भएको र शव निकाल्न कठिनाइ भएकाले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहयोगको आग्रह गरिएको छ।
यो विपत्ति देश गृहयुद्धले चिर्इरहेको बेलामा आएको हो, जसमा अहिलेसम्म ४०,००० भन्दा बढीको मृत्यु भइसकेको छ र करोडौँ विस्थापित भएका छन्।