गाजामा थप प्यालेस्टाइनी विस्थापित हुन बाध्य
- २१ भदौ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त राष्ट्रसङ्घले गाजा पट्टीमा इजरायली आक्रमण बढ्दै गएपछि सर्वसाधारणलाई ठुलो सङ्ख्या विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
पछिल्लो दुई दिनमा उत्तरी गाजाबाट दक्षिणतर्फ तीन हजार नयाँ विस्थापनका घटना दर्ता भएको संयुक्त राष्ट्रसङ्घका महासचिवका स्पोकपर्सन स्टेफन दुजारिकले एक पत्रकार सम्मेलनमा जानकारी दिए। उनले इजरायलले गाजामा मानवीय सहायताको प्रवाहमा अवरोध र रोक जारी राखेको पनि दोहोर्याए।
दुजारिकले सन् २०२५ को जनवरीदेखि अहिलेसम्म इजरायली सेना र बसोवासीबाट दुई हजार ७८० जना प्यालेस्टिनी घाइते भएको बताएका छन् । सन् २०२४ को तुलनामा प्यालेस्टाइनमाथि इजरायली आक्रमणमा ३९ प्रतिशतले वृद्धि भएको उनले बताए। सन् २०२३ अक्टोबर ७ देखि गाजामाथि इजरायलको जारी आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ६४ हजार ३०० पुगेको छ भने एक लाख ६२ हजार पाँच जना घाइते भएका छन् ।