डेनमार्कमा पुनः ड्रोन गतिविधि, विमानस्थल अस्थायी रूपमा बन्द
- १० अशोज २०८२
- १ मिनेटको पढाई
कोपनहेगन- डेनमार्कको आकाशमा पुनः संदिग्ध ड्रोन देखिएपछि शुक्रबार केही विमानस्थल अस्थायी रूपमा बन्द गरिएका छन्। प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले यसलाई रुससँग जोडिएको हुनसक्ने ‘हाइब्रिड आक्रमण’ को हिस्सा भएको चेतावनी दिएकी छन्।
यसअघि पनि कोपनहेगनसहित विभिन्न विमानस्थलहरूमा ड्रोन गतिविधि देखिँदा घण्टौँसम्म सञ्चालन अवरुद्ध भएको थियो। यस्ता गतिविधि हालै नर्वे, पोल्यान्ड, रोमानिया र एस्टोनियामा पनि देखिएका छन्, जसले युरोपमा थप सुरक्षा चिन्ता बढाएको छ।
डेनमार्क सरकारले ड्रोन नियन्त्रणका लागि नयाँ प्रविधि भित्र्याउने तयारी गरेको छ भने नाटोसँग छलफल पनि अघि बढाइने भएको छ। यता, फ्रान्सले डेनमार्कको हवाई सुरक्षामा सहयोग गर्ने घोषणा गरेको छ।
युरोपेली संघको आगामी शिखर सम्मेलनअघि यस्ता घटनाले डेनमार्कमा थप सतर्कता बढाएको छ।