२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

फिलिपिन्समा भीषण आँधी, ४ लाख विस्थापित

फिलिपिन्समा भीषण आँधी, ४ लाख विस्थापित

मनिला- फिलिपिन्समा उष्णकटिबन्धीय आँधी बुआलोईका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

दक्षिणी लुजोनको बिकोल क्षेत्रमा ११० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले घर ध्वस्त पारेको, रूख र बिजुलीका खम्बा ढालेको र सडक अवरुद्ध पारेको अधिकारीहरूले जनाएका छन्।

मध्य फिलिपिन्सका भिसायास टापुमा बाढी आउँदा मानिसहरू डुङ्गा वा कम्मरसम्मको पानीमा हिँडेर यात्रा गर्न बाध्य भएका छन्।

देश हालैको सुपर टाइफुन रागासा बाट अझै प्रभावित रहेको अवस्थामा नयाँ विपत्तिले उद्धार, राहत र पुनर्निर्माणलाई थप चुनौती दिएको छ।