२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा निकायबीचको सहमति सङ्कटमा : इरानी परराष्ट्रमन्त्री

इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा निकायबीचको सहमति सङ्कटमा : इरानी परराष्ट्रमन्त्री

न्युयोर्क – संयुक्त राष्ट्रसंघले पुनः प्रतिबन्ध लागू गरे इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी (आइएइए) बीचको सहकार्य अन्त्य हुन सक्ने इरानी परराष्ट्रमन्त्री सयद अब्बास अराघ्चीले चेतावनी दिएका छन्।

सन् २०१५ को आणविक सम्झौताको अवधि थप्ने प्रस्ताव पारित नभएपछि प्रतिबन्ध पुनः सक्रिय हुने सम्भावना बढेको छ। बेलायत, फ्रान्स र जर्मनीले इरानले सम्झौता उल्लङ्घन गरेको भन्दै अगस्ट २८ मा सुरक्षा परिषदमा प्रक्रिया अघि बढाएका थिए। यो प्रक्रिया सेप्टेम्बर २८ मा सकिएपछि लागू हुन सक्छ।

अराघ्चीले काइरोमा सेप्टेम्बर ९ मा भएको सहमतिअनुसार सहकार्य पुनः सुरु भएको बताउँदै, प्रतिबन्ध लागे सहमति कार्यान्वयनमै नटिक्ने स्पष्ट पारेका छन्। हाल अन्तर्राष्ट्रिय निरीक्षकहरू इरानमै आफ्नो जिम्मेवारी पूरा गरिरहेको पनि उनले बताएका छन्।