२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

इरानमाथि संयुक्त राष्ट्रको प्रतिबन्ध लाग्ने सम्भावना

इरानमाथि संयुक्त राष्ट्रको प्रतिबन्ध लाग्ने सम्भावना

न्युयोर्क – आणविक सम्झौतामा प्रगति नदेखिएकाले संयुक्त राष्ट्रसंघले दशकपछि इरानमाथि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको छ। सहमति नजुटे शनिबार राति ८ बजेदेखि प्रतिबन्ध लागू हुनेछ।

युरोपेली मुलुकहरूले इरानले पारदर्शिता नदेखाएको भन्दै ‘स्वतः प्रतिबन्ध प्रक्रिया’ सुरु गरिसकेका छन्। यसले इरानका व्यक्ति, संस्था र कम्पनीसँग विश्वव्यापी व्यापार रोक्नेछ।

इरानी राष्ट्रपति मसुद पेजश्कियानले संवादको ढोका अझै खुला रहेको बताए। तर विश्लेषकहरूका अनुसार प्रतिबन्ध लागे इरानको कमजोर अर्थतन्त्र अझै दबाबमा पर्नेछ।