८ कार्तिक २०८३, आइतवार
25 October 2026, Sunday

भियतनाममा टाइफुन बुलोईका कारण डुङ्गा डुब्दा तीन जना माझीहरू बेपत्ता, आठको उद्धार

भियतनाममा टाइफुन बुलोईका कारण डुङ्गा डुब्दा तीन जना माझीहरू बेपत्ता, आठको उद्धार

भियतनाम- टाइफुन ‘बुआलोई’का कारण भियतनामको क्वाङ ट्रि प्रान्तस्थित कुआ भियेट तटमा माछा मार्ने डुङ्गा डुब्दा तीन जना माझी बेपत्ता भएका छन् भने अन्य आठ जना उद्धार गरिएको छ ।

चार माझी सवार डुङ्गा आँधीबेहरीका कारण डुब्दा एक जना तैरेर किनारमा पुगेका र तीन जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

भियतनामको नेसनल सेन्टर फर हाइड्रो–मेटियोरोलोजिकल फोरकास्टिङका अनुसार टाइफुन आइतबार क्वाङ ट्रि र दा नाङ बीचको समुद्रमा प्रवेश गरेको हो । यसको प्रभावले प्रति घण्टा ११८–१३३ किलोमिटरसम्मको तीव्र हावा र सात मिटरभन्दा अग्ला छाल उठेका थिए ।

थान होआदेखि क्वाङ न्गाईसम्मको तटीय क्षेत्रमा स्तर ६–९ को हावासहित सात मिटर उचाइका खतरनाक छाल आउने पूर्वानुमान गरिएको छ ।