भियतनाममा टाइफुन बुलोईका कारण डुङ्गा डुब्दा तीन जना माझीहरू बेपत्ता, आठको उद्धार
- १२ अशोज २०८२
- १ मिनेटको पढाई
भियतनाम- टाइफुन ‘बुआलोई’का कारण भियतनामको क्वाङ ट्रि प्रान्तस्थित कुआ भियेट तटमा माछा मार्ने डुङ्गा डुब्दा तीन जना माझी बेपत्ता भएका छन् भने अन्य आठ जना उद्धार गरिएको छ ।
चार माझी सवार डुङ्गा आँधीबेहरीका कारण डुब्दा एक जना तैरेर किनारमा पुगेका र तीन जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
भियतनामको नेसनल सेन्टर फर हाइड्रो–मेटियोरोलोजिकल फोरकास्टिङका अनुसार टाइफुन आइतबार क्वाङ ट्रि र दा नाङ बीचको समुद्रमा प्रवेश गरेको हो । यसको प्रभावले प्रति घण्टा ११८–१३३ किलोमिटरसम्मको तीव्र हावा र सात मिटरभन्दा अग्ला छाल उठेका थिए ।
थान होआदेखि क्वाङ न्गाईसम्मको तटीय क्षेत्रमा स्तर ६–९ को हावासहित सात मिटर उचाइका खतरनाक छाल आउने पूर्वानुमान गरिएको छ ।