२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

जापानमा भालुको आक्रमण : एकको मृत्यु, एक बेपत्ता

जापानमा भालुको आक्रमण : एकको मृत्यु, एक बेपत्ता

टोकियो- उत्तरी जापानमा च्याउ टिप्ने क्रममा भालुले आक्रमण गर्दा एक महिलाको मृत्यु र अर्को एक जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार महिलाको शवमा जनावरले आक्रमण गरेको पुष्टि हुने प्रकारका चोट छन् । असाही सिम्बुनका अनुसार नागानो प्रान्तमा ७८ वर्षका पुरुषको शव फेला परेको र मृत्यु भालुको आक्रमणबाट भएको अनुमान गरिएको छ ।

हालसालै जापानमा जनसङ्ख्या घट्नु र जलवायु परिवर्तनका कारण जङ्गली भालुहरू मानव बस्तीमा देखिन थालेका छन् ।

गत महिनामा भालु आक्रमण बढेपछि सरकारले निर्मित क्षेत्रहरूमा शिकारीलाई राइफल प्रयोग गर्न सहज बनाउने नियम लागू गरेको थियो ।

एनएचकेका अनुसार यो वर्ष भालुको आक्रमणमा ६९ जना घाइते र पाँच जनाको मृत्यु भएको छ । गत वर्ष ८५ जनालाई आक्रमण गर्दा तीन जनाको, र अघिल्लो वर्ष २१९ जनालाई आक्रमण हुँदा छ जनाको मृत्यु भएको थियो ।