२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

हमास शान्ति वार्ताका लागि तयार, इजरायललाई आक्रमण रोक्न ट्रम्पको आग्रह

हमास शान्ति वार्ताका लागि तयार, इजरायललाई आक्रमण रोक्न ट्रम्पको आग्रह

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा आक्रमण रोक्न आग्रह गरेपछि हमासले युद्ध अन्त्य र बन्धकहरूको रिहाइका लागि तुरुन्तै वार्ता गर्न तयार रहेको जनाएको छ ।

ट्रम्पको शान्ति योजनाले ७२ घण्टाभित्र बन्धक रिहाइ, गाजाबाट इजरायली सेनाको क्रमिक फिर्ती र हमासको निशस्त्रीकरणको आह्वान गरेको छ ।

हमासका प्रवक्ता ताहेर अल–नुनुका अनुसार, “हमास कैदी आदान–प्रदान र युद्ध अन्त्यका लागि तत्काल वार्ता सुरु गर्न तयार छ।”

इजरायली प्रधानमन्त्री नेतान्याहुको कार्यालयले ट्रम्पको योजनाको पहिलो चरण कार्यान्वयनका लागि तयारी भइरहेको जनाएको छ ।

कतार र इजिप्टले हमासको प्रतिक्रियालाई स्वागत गरेका छन् भने संयुक्त राष्ट्रका महासचिव गुटेरेसले सबै पक्षलाई यो अवसर उपयोग गर्न आग्रह गरेका छन् ।

फ्रान्स, जर्मनी, बेलायत र टर्कीले पनि ट्रम्पको पहललाई शान्तितर्फको ठूलो कदमका रूपमा स्वागत गरेका छन् ।