२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

गाजा युद्ध तुरुन्तै अन्त्य गर्न बन्धक परिवारको आग्रह

गाजा युद्ध तुरुन्तै अन्त्य गर्न बन्धक परिवारको आग्रह

न्युयोर्क – गाजामा बन्दी बनाइएका इजरायली बन्धकहरूको परिवारले युद्ध तुरुन्तै अन्त्य गर्न आवश्यक भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न युद्धविराम योजना सहित आह्वान गरे पनि इजरायलले आक्रमण जारी राखेको छ।

हमासले सबै बन्धकहरू रिहा गर्न र ट्रम्पको शान्ति योजनामा वार्ता सुरु गर्न सहमति जनाएको छ। हमासका वरिष्ठ अधिकारीले “सबै मुद्दामा अन्तिम निर्णयका लागि तुरुन्तै वार्ता सुरु गर्न तयार” भएको बताएका छन्।

ट्रम्पको प्रस्ताव अनुसार, ७२ घण्टा भित्र बन्धक मुक्त गर्ने, गाजाबाट क्रमिक रूपमा इजरायली फिर्ती र हमासको निशस्त्रीकरण गर्नु पर्ने आह्वान गरिएको छ।

होस्टेज एण्ड मिसिङ फेमिलीज फोरमले पनि प्रधानमन्त्री नेतान्याहुलाई सबै बन्धकहरूलाई घर फर्काउने द्रुत वार्ता सुरु गर्न आग्रह गरेको छ।

तर, ट्रम्पको अपिलको बावजुद, गाजामा इजरायलको निरन्तर आक्रमण र हवाई तथा गोलाबारी जारी रहेको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयले भने ट्रम्प योजनाको पहिलो चरण कार्यान्वयनका लागि तयारी भइरहेको जनाएको छ।