जापानकी पहिलो महिला प्रधानमन्त्री बन्न लागेकी ताकाइची नारीवादी होइनन्
- १९ अशोज २०८२
- १ मिनेटको पढाई
टोकियो- साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा छन्, तर उनका विचार अझै गहिरो पितृसत्तात्मक समाजका लागि रूढीवादी मानिन्छन्।
मार्गरेट थ्याचरलाई आफ्नो प्रेरणा मान्ने ताकाइची शनिबार सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को प्रमुखमा निर्वाचित भइन र सम्भवतः यही महिनाको अन्त्यमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछिन।
उनले ‘नर्डिक देशहरूजस्तै’ महिला प्रतिनिधित्वसहितको मन्त्रिपरिषद् बनाउने वाचा गरेकिछन्। ६४ वर्षीया ताकाइचीले महिलाको स्वास्थ्य र रजोनिवृत्तिका विषयमा जनचेतना बढाउने आशा व्यक्त गरिन्।
तर, उनका नीतिहरू लैङ्गिक समानतासम्बन्धी अत्यन्तै रूढीवादी छन्। उनी १९औँ शताब्दीको कानुनी प्रावधानमा भएको प्रस्तावित संशोधनको विरोध गर्छिन, जसले विवाहित जोडीहरूलाई एउटै थर लिन बाध्य पार्छ। ताकाइची शाही परिवारले पुरुष-मात्र उत्तराधिकार प्रणाली कायम राख्नुपर्ने पक्षमा हुनुहुन्छ र समलिङ्गी विवाहको मौलिक रूपमा विरोध गर्छिन्।
टोकाई विश्वविद्यालयकी प्राध्यापक युकी सुजीका अनुसार उनलाई महिला अधिकार वा लैङ्गिक समानतामा खास चासो छैन। यस कारण ठूला नीतिगत परिवर्तनको सम्भावना छैन।
यद्यपि, महिला प्रधानमन्त्रीको प्रतीकात्मक उपस्थिति जापानका लागि महत्त्वपूर्ण हुनेछ। केही कर्मचारी र जनता गर्व महसुस गरिरहेकि छन, तर धेरैले लैङ्गिक समानतामा ठूलो प्रगतिको अपेक्षा भने सशङ्कित छन्।
जापानी संसद्को तल्लो सदनमा महिलाको प्रतिनिधित्व करिब १५ प्रतिशत मात्र छ। महिला सांसदहरूले राजनीतिज्ञ र गृहिणी दुवै भूमिकाको सन्तुलन गर्न कठिनाइ झेल्नु पर्छ र उनीहरूले प्रायः लैङ्गिक पूर्वाग्रहपूर्ण टिप्पणी र अपमान सहनुपर्छ।
पूर्व सैनिक रिना गोनोई र पत्रकार शिओरी इतोले बहादुरी देखाए पनि तीव्र अनलाइन घृणा अभियानको सामना गर्नुपरेको थियो।
विगतमा जापानमा महिला सम्राटहरू भएका थिए, तर महिला प्रधानमन्त्री कहिल्यै थिएनन्, २३ वर्षीया रयुकी तात्सुमीले भनिन्, त्यसैले यो जापानका लागि ऐतिहासिक अवसर हुनसक्छ।