नोबेल घोषणा आजदेखि : चिकित्सा पुरस्कारबाट सुरुआत
- २० अशोज २०८२
- १ मिनेटको पढाई
स्टकहोम- नोबेल पुरस्कार घोषणा शृङ्खला आजदेखि सुरु हुँदैछ। स्टकहोमको क्यारोलिन्स्का इन्स्टिच्युटले सोमबार सन् २०२५ का लागि फिजियोलोजी वा मेडिसिनतर्फको नोबेल विजेताको घोषणा गर्नेछ।
सन् १९०१ देखि २०२४ सम्म यो पुरस्कार ११५ पटक प्रदान भइसकेको छ, जसअन्तर्गत २२९ जना विज्ञहरू सम्मानित भएका छन्। गत वर्ष अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुनले माइक्रोआरएनएको खोजका लागि संयुक्त रूपमा नोबेल जितेका थिए।
नोबेल घोषणा क्रमअनुसार मङ्गलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र, बिहीबार साहित्य, शुक्रबार शान्ति र अक्टोबर १३ मा अर्थशास्त्रतर्फको पुरस्कार घोषणा गरिनेछ।
पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ, यही दिन नोबेलका संस्थापक अल्फ्रेड नोबेलको पुण्यतिथि पनि हो।