भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृत्युमा औषधि कम्पनीका मालिक पक्राउ
- २३ अशोज २०८२
- १ मिनेटको पढाई
भारत- भारतमा २१ बालबालिकाको मृत्यु प्रकरणमा प्रहरीले औषधि कम्पनीका मालिक ७५ वर्षीय जी रङ्गनाथनलाई पक्राउ गरेको छ। उनलाई गैरकानूनी हत्या र लागुऔषधमा मिलावट गरेको आरोप लागेको छ।
गत महिना मध्य प्रदेशमा कम उमेरका बालबालिकाहरू दूषित खोकी सिरप खाँदा मृत्यु भएका थिए। ‘कोल्ड्रिफ’ नामको सो सिरप तमिलनाडुको स्रेसन फार्मा युनिटमा उत्पादन गरिएको थियो।
स्वास्थ्य मन्त्रालयको परीक्षणमा सिरपमा डाइथाइलिन ग्लाइकोल (DEG) पाइएको छ यो औद्योगिक रसायन हो, जुन थोरै मात्रामा पनि घातक हुन्छ।
घटनापछि मध्य प्रदेश र अन्य राज्यहरूले सिरपमा प्रतिबन्ध लगाएका छन्, र विश्व स्वास्थ्य सङ्गठनले सिरप विदेशमा निर्यात गरिएको छ कि छैन भन्ने स्पष्टिकरण मागेको छ।