२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

इरानको तेल निर्यातमा संलग्नता रहेको भन्दै अमेरिकाद्वारा दर्जनौँ व्यक्ति र फर्ममाथि प्रतिबन्ध

इरानको तेल निर्यातमा संलग्नता रहेको भन्दै अमेरिकाद्वारा दर्जनौँ व्यक्ति र फर्ममाथि प्रतिबन्ध

वासिङ्टन- संयुक्त राज्य अमेरिकाले इरानको तेल निर्यातमा संलग्न दर्जनौँ व्यक्ति, कम्पनी र जहाजहरूमा नयाँ प्रतिबन्ध लगाएको छ। यो कदमले तेहरानको प्रमुख राजस्व स्रोत कटौती गर्ने अमेरिकी अभियानलाई अझ तीव्र बनाएको छ।

अमेरिकी अर्थमन्त्रालयका अनुसार प्रतिबन्धले इरानको तरलीकृत पेट्रोलियम ग्यास (LPG) ढुवानी सहज बनाउने ५० भन्दा बढी लक्ष्यहरूलाई समेटेको छ। यसमा चिनियाँ बन्दरगाह र तेल प्रशोधन केन्द्रहरू समेत परेका छन्।

विदेश मन्त्रालयले भनेको छ कि इरानी पेट्रोकेमिकल उत्पादनका ठूला खरीदकर्ता मुलुकहरू, तिनका नेतृत्वकर्ताहरू र ४० जना सम्बन्धित व्यक्तिहरू माथि प्रतिबन्ध लगाइएको हो।

यो कदम संयुक्त राष्ट्रसंघले इरानको आणविक र क्षेप्यास्त्र कार्यक्रमका कारण थप प्रतिबन्ध घोषणा गरेको दुई हप्ताभित्रै आएको हो, जसले तेहरानको अन्तर्राष्ट्रिय एक्लोपन बढाएको छ।

अर्थमन्त्री स्कट बेसेन्टले भने, “हामी इरानको ऊर्जा निर्यात गर्ने संयन्त्रलाई कमजोर पार्दै नगद प्रवाह घटाइरहेका छौँ।”

प्रतिबन्धमा परेकामध्ये चीनको शेडोङ जिनचेङ पेट्रोकेमिकल ग्रुप पनि छ, जसले २०२३ यता लाखौँ ब्यारेल इरानी तेल खरिद गरेको बताइएको छ।

त्यस्तै लानशान पोर्टमा रहेको रिझाओ शिहुआ कच्चा तेल टर्मिनल सञ्चालन गर्ने कम्पनी र इरानी तेल ढुवानी गर्ने एक दर्जनभन्दा बढी जहाजहरू पनि अमेरिकी निशानामा परेका छन्।