२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

आज विश्व मानसिक स्वास्थ्य दिवस

आज विश्व मानसिक स्वास्थ्य दिवस

न्युयोर्क- आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ। यो दिवस सन् १९९२ देखि मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउन सुरु भएको हो।

दिवसले प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपतकालमा परेकालाई मनोसामाजिक परामर्श र सहयोग प्रदान गर्न जोड दिन्छ।

संयुक्त राष्ट्रसङ्घले राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरूलाई सबैको मानसिक स्वास्थ्य सबल बनाउन एकजुट हुन आह्वान गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनले भनेको छ, “मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ।”