२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

जेलेन्स्कीले ट्रम्पलाई युक्रेनमा शान्ति स्थापना गर्न सघाउन गरे आग्रह

जेलेन्स्कीले ट्रम्पलाई युक्रेनमा शान्ति स्थापना गर्न सघाउन गरे आग्रह

किएभयुक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेनमा पनि शान्ति कायम गर्न पहल गर्न भनेका छन्।

फेसबुकमा सन्देश लेख्दै उनले भने, “यदि एउटा ठाउँमा युद्ध रोक्न सकिन्छ भने, निश्चित रूपमा रूसयुक्रेनको युद्ध पनि रोक्न सकिन्छ।”

फेब्रुअरीतिर दुबै नेताबीच सम्बन्ध चिसिएको थियो, तर अहिले फेरि सम्बन्धमा न्यानोपन आएको छ। ह्वाइट हाउसमा भएको पछिल्लो भेटमा केही भनाभन भए पनि पछिल्ला महिनामा ट्रम्पले जेलेन्स्कीलाई “राम्रो मान्छे” भन्दै समर्थन जनाइरहेका छन्।

युक्रेन सन् २०२२ देखि रूसी आक्रमणविरुद्ध लडिरहेको छ।

दुबै नेताबीच गत सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाको क्रममा पनि भेट भएको थियो।