२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

हमासको भनाइ : निशस्त्रीकरण असम्भव सर्त हो

हमासको भनाइ : निशस्त्रीकरण असम्भव सर्त हो

दोहागाजाको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको शान्ति योजनामा राखिएको निशस्त्रीकरणको सर्त ‘असम्भव’ भएको हमासले भनेको छ।

हमासका एक अधिकारीले एएफपीसँग भने, “हतियार बुझाउने कुरा त कल्पनाबाहिरको हो, यो सम्झौतामा सर्त नै बन्न सक्दैन।”

ट्रम्पले आफ्नो २० बुँदे योजनामा हमासका सदस्यलाई माफी दिने र हतियार फिर्ता लिएपछि इजरायली सेनाले गाजा छोड्ने व्यवस्था गरेका छन्।

तर हमासले भने यो माग नमान्ने स्पष्ट गरेको छ। उनीहरूले गाजामा युद्धविरामको विषयमा बोल्दै निशस्त्रीकरणलाई असम्भव सर्त बताएका हुन्।

ट्रम्पको योजना अनुसार हमासको निशस्त्रीकरण र इजरायली सेनाको फिर्तीलाई दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने अन्तिम कदमका रूपमा प्रस्ताव गरिएको छ।