जेन–जेड प्रदर्शनमा मृत्यु भए पनि पेरुका राष्ट्रपति जेरीद्वारा राजीनामा अस्वीकार
- ३१ अशोज २०८२
- १ मिनेटको पढाई
लिमा- पेरुमा जेन–जेड युवाहरूको प्रदर्शन भयो। एक जनाको मृत्यु भयो र सयभन्दा बढी घाइते भए पनि राष्ट्रपति जोसे जेरीले राजीनामा दिन मानेनन्। प्रहरी, पत्रकार र प्रदर्शनकारी घाइते भए। रुइज नामका ३२ वर्षीय हिप – हप गायकलाई प्रदर्शनको बीचमा गोली लागेको थियो। प्रहरी घटनाको अनुसन्धान गरिरहेका छन्।
जेरीले भने, “मेरो काम देश स्थिर राख्नु हो। अपराध नियन्त्रणका लागि संसदसँग अधिकार माग्ने तयारीमा छु।”
प्रदर्शन सुरुमा युवाहरूको पेन्सन र तलबको मागका लागि थियो, तर अहिले भ्रष्टाचार र सरकारप्रति असन्तुष्टिको रूपमा फैलिएको छ। प्रदर्शनकारीहरूले ‘बलात्कारी जेरी हो’ भन्दै नाराहरू लगाए। प्रहरीले जवाफमा अश्रुग्याँस र रबर पेलेट प्रयोग गर्यो।
यो आन्दोलन विश्वव्यापी युवाको आन्दोलनसँग पनि जोडिएको छ। धेरैले टिकटकमा देखेर सहभागी भएका थिए। डेभिड टाफुरले भने, “हामी भ्रष्टहरू विरुद्ध लडिरहेका छौँ।”
पेरुमा दशकौँको राजनीतिक अस्थिरता र भ्रष्टाचारले जनतामा निराशा ल्याएको छ। प्रदर्शनकारीहरूले ‘विरोध गर्नु अधिकार हो, हत्या गर्नु अपराध हो’ भन्दै र्याली गरेका छन्।