२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

अफगान सिमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण, ७० भन्दा बढी आतङ्ककारी मारिए

अफगान सिमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण, ७० भन्दा बढी आतङ्ककारी मारिए

पाकिस्तानले अफगान सिमावर्ती क्षेत्रमा हवाई आक्रमण गरेर ७० भन्दा बढी आतङ्ककारी मारिएको जनाएको छ।

सुरक्षा स्रोतका अनुसार यो कारबाही प्रतिबन्धित समूह तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) विरुद्ध गरिएको हो। उत्तर र दक्षिण वजीरिस्तानका सिमानामा आधारित विश्वसनीय सूचनामा पाकिस्तानले सटीक हवाई हमला गरेको हो।

यो आक्रमणमा टीटीपीका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिएका जनाइएको छ। हाल टीटीपीसँग युद्धविराम भए पनि उनीहरूले पाकिस्तानका विभिन्न स्थानमा आक्रमण जारी राखेका छन्।

सुरक्षा निकायका अनुसार पछिल्ला ४८ घण्टामा आतङ्ककारीहरू अफगानिस्तानबाट पाकिस्तानमा प्रवेश गरेर हमला गर्न आएका थिए। पाकिस्तानले आतङ्ककारी गतिविधिमा कडा जवाफ दिने चेतावनी पनि दिएको छ।