२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

ब्राजिलमा मिथेनोल मिसिएको मदिरा सेवनबाट नाै जनाकाे मृत्यु

ब्राजिलमा मिथेनोल मिसिएको मदिरा सेवनबाट नाै जनाकाे मृत्यु

साओ पाउलो- ब्राजिलमा विषालु रक्सी पिएर नौ जनाको ज्यान गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, अझै सात जनाको मृत्युबारे अनुसन्धान भइरहेको छ।

गत सेप्टेम्बरमा साओ पाउलोलगायतका विभिन्न सहरमा बिक्री भएका जिन, भोड्का र ह्विस्कीमा मिथेनोल नामको घातक रासायनिक पदार्थ मिसाइएको भेटिएको थियो।

यसपछि प्रहरीले देशभर छापा मार्दै अवैध गोदाम र नकली लेबलसहितका बोतल बरामद गरेको छ।

हालसम्म साओ पाउलोमा ६, पर्नामबुकोमा २ र पेरानामा १ जनाको मृत्यु पुष्टि भएको छ। साओ पाउलोमै सबैभन्दा बढी असर परेको छ, जहाँ ३८ जनामा मिथेनोल विषाक्तता देखिएको छ र अझै १९ घटनाको जाँच भइरहेको छ।

अधिकारीहरूले जनतालाई अप्रमाणित स्रोतबाट मदिरा नकिन्न र सावधानी अपनाउन अपिल गरेका छन्।