जापानमा भालु आक्रमण तीव्र, गभर्नरद्वारा सैन्य सहयोगको आह्वान
- ११ कार्तिक २०८२
- १ मिनेटको पढाई
टोकियो — जापानमा भालुको आक्रमण बढ्दै गएपछि अकिता प्रान्तका गभर्नरले सेनासँग सहयोग मागेका छन् ।
यस वर्ष भालुको आक्रमणमा १० जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्कले जनाएको छ।
भालुहरू पहाडबाट बस्ती र सहरसम्म प्रवेश गर्न थालेपछि जनजीवन प्रभावित भएको गभर्नर केन्टा सुजुकीले चेतावनी दिएका छन् ।
रक्षामन्त्रीले उपलब्ध साधन प्रयोग गरेर सुरक्षा सुनिश्चित गर्ने बताएका छन् । विशेषज्ञहरूका अनुसार खाना अभाव र जलवायु परिवर्तनले भालु मानव बस्ती झर्न थालेका हुन् ।
सरकारले भालु नियन्त्रण तथा सुरक्षाका लागि अतिरिक्त कदम चाल्ने जनाएको छ ।