२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

जेलेन्स्कीले भने- युरोपको सहयोग बिना लडाइँ गाह्रो

जेलेन्स्कीले भने- युरोपको सहयोग बिना लडाइँ गाह्रो

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी सेनासँगको युद्ध अझै २–३ वर्ष चल्न सक्ने भन्दै युरोपेली देशहरूलाई स्थिर आर्थिक सहयोग दिन आग्रह गरेका छन्।

उनी भन्छन्, “हामी दशकौँसम्म युद्ध लड्ने होइनौँ, तर केही वर्षका लागि युरोपले हामीलाई स्थिर आर्थिक आधार दिनुपर्छ।”

युरोपेली सङ्घले पनि युक्रेनलाई थप दुई वर्ष सहयोग दिने तयारी थालेको छ। जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई चीनलाई रुसबाट तेल कम किन्ने दबाब दिन पनि आग्रह दिएका छन्।

पूर्वी युक्रेनको पोक्रोभस्कमा रुसी सेनाले पकड जमाइरहेको अवस्था उनले बताए।