२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

फिलिपिन्समा सुपर टाइफुन हाइयानको असरः हजारौं विस्थापित

फिलिपिन्समा सुपर टाइफुन हाइयानको असरः हजारौं विस्थापित

मनिला- फिलिपिन्सका तटीय क्षेत्रमा सुपर टाइफुन हाइयानका कारण हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। सोमबार आएको यस आँधीको गतिबेग करिब १५० किलोमिटर प्रतिघण्टा पुगेको बताइएको छ।

विपद् अधिकारी रोएल मोन्टेसाले सन् २०१३ को हाइयान टाइफुनले झन्डै ६ हजार जनाको ज्यान लिएको सम्झना गर्दै अहिले पनि पालो र तानाउन क्षेत्रमा निकासी भइरहेको बताएका छन्।

छिमेकी सामार टापुमा आइतवारदेखि हजारौं बासिन्दा सुरक्षित स्थानमा सारिएको र गुइआन क्षेत्रमा तिव्र रूपमा स्थानान्तरण जारी रहेको छ, जहाँ आँधीले अवतरण गर्ने सम्भावना छ।

अधिकारिहरूका अनुसार लेइट नजिकैको डिनागट टापुमा मात्र १० देखि १५ हजार मानिसलाई पहिले नै सुरक्षित ठाउँमा पुर्‍याइएको छ।

वैज्ञानिकहरूले भने मानव–सञ्चालित जलवायु परिवर्तनका कारण यस्ता आँधीबेहरी अझ शक्तिशाली बन्दै गएको चेतावनी दिएका छन्।
फिलिपिन्समा वर्षैभरि करिब २० वटा टाइफुन आउने गर्छ, र यस वर्ष पनि डिसेम्बर अन्त्यसम्म कम्तीमा पाँचवटा आँधी थप आउने सम्भावना बताइएको छ।