२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

पूर्व प्रधानमन्त्रीलाई शरण दिएपछि पेरुले मेक्सिकोसँग कूटनीतिक सम्बन्ध तोड्यो

पूर्व प्रधानमन्त्रीलाई शरण दिएपछि पेरुले मेक्सिकोसँग कूटनीतिक सम्बन्ध तोड्यो

लिमा- पेरुले मेक्सिकोसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । पूर्व प्रधानमन्त्री बेट्सी चाभेजले मेक्सिकोबाट शरण मागेपछि पेरु सरकार रिसाएको हो । चाभेजमाथि २०२२ मा तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोको संसद् विघटन प्रयासमा संलग्न भएको आरोप छ ।

पेरुले मेक्सिकोमाथि आफ्नो आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गरेको आरोप लगाएको छ । मेक्सिकाले भने शरण अन्तर्राष्ट्रिय कानुनअनुसार दिइएको बताउँदै पेरुको निर्णयप्रति खेद प्रकट गरेको छ । यसअघि पनि मेक्सिकाले क्यास्टिलोकी श्रीमती र सन्तानलाई शरण दिएको थियो ।