२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउन, हवाई सेवा र जनजीवन अस्तव्यस्त

अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउन, हवाई सेवा र जनजीवन अस्तव्यस्त

वासिङ्टन- अमेरिकामा सरकारी शटडाउनले ३५ दिनको पुरानो रेकर्ड तोड्दै इतिहासकै सबैभन्दा लामो भएको छ। बजेट पारित नहुँदा सङ्घीय कोष रोकिएर लाखौँ कर्मचारी तलबबिनै काम गर्न वा बिदामा बस्न बाध्य भएका छन्।

हवाई सेवामा ठूलो असर परेको छ — विमानस्थलमा लामो पङ्क्ति, उडान रद्द र सम्भावित हवाई अराजकताको चेतावनी दिइएको छ।

शटडाउनको मुख्य कारण स्वास्थ्य बीमासम्बन्धी खर्चमा कांग्रेसका डेमोक्रेट र रिपब्लिकनबीचको विवाद हो। राष्ट्रपति ट्रम्प सम्झौतामा झुकेका छैनन् भने नागरिक र कर्मचारीहरू दैनिक समस्यामा परेका छन्।