२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को प्रकोपः १४० जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता

फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को प्रकोपः १४० जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता

न्युयोर्क- मध्य फिलिपिन्समा आएको भीषण टाइफुन ‘कलमेगी’ ले देशलाई तहस–नहस बनाएको छ। बाढी र भूस्खलनले १४० जनाको ज्यान लिएको छ भने १२७ जना अझै बेपत्ता छन्। सेबु प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ जहाँ बाढीले घर, सडक र सवारीसाधन बगाएको छ।

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले ‘राष्ट्रिय विपत्तिको अवस्था’ घोषणा गर्दै राहत कार्य तीव्र बनाउन आदेश दिएका छन्। वैज्ञानिकहरूले जलवायु परिवर्तनकै असरले यस्ता आँधीहरू अझ शक्तिशाली हुँदै गएको चेतावनी दिएका छन्। अहिले ‘कलमेगी’ भियतनामतर्फ बढ्दै गएको छ।