गाजामा युद्धविराम अति जरुरी : डब्लुएचओ
- २० कार्तिक २०८२
- १ मिनेटको पढाई
जेनेभा- विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस गेब्रेयससले गाजामा युद्धविराम कायम राख्न अत्यावश्यक भएको बताएका छन्। उनका अनुसार करिब दुई वर्षदेखि गाजाका बालबालिका आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन्।
डब्लुएचओ, युनिसेफ र युएनआरडब्लुएले आगामी हप्तादेखि करिब ४४ हजार बालबालिकालाई खोप, पोषण र उपचार सेवा दिन सुरु गर्न लागेका छन्। त्यसका लागि शान्ति र स्थायित्व जरुरी भएको डा. टेड्रोसले बताएका छन्। उनले भने, युद्ध रोकिएन भने गाजाको स्वास्थ्य प्रणाली पुनःस्थापना असम्भव हुन्छ।