२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्राजिल- दक्षिणी ब्राजिलका विभिन्न भागमा शुक्रबार आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १३० जना घाइते भएका छन्।

पाराना राज्यको रियो बोनिटो डो इगुआकुमा आँधीले कार पल्टाएको र घरहरू क्षतिग्रस्त भएको स्थानीय मौसम सेवाले जनाएको छ।

सिभिल डिफेन्सले विज्ञप्ति जारी गर्दै आँधीले परानाका विभिन्न स्थान प्रभावित गरेको जनाएको छ। स्थानीय उद्धार एजेन्सीका अनुसार ३० जना गम्भीर घाइते भएका छन् भने करिब सय जना सामान्य घाइते भएका छन्।

पारानाको वातावरणीय प्रविधि र अनुगमन प्रणालीका अनुसार रियो बोनिटो डो इगुआकुमा हावा १८०–२५० किलोमिटर प्रति घण्टाको गतिमा चलेको थियो। आँधीका कारण रूख ढलेका छन् र घरहरूमा क्षति पुगेको छ।

पारानाका गभर्नर रतिन्हो जुनियरले सामाजिक सञ्जाल एक्समा सेना परिचालन गरी प्रभावित सहरको निगरानी भइरहेको बताए।

मौसम अधिकारीहरूले पराना, सान्ता क्याटरिना र रियो ग्रान्डे डो सुलका लागि थप खतरनाक आँधीबेहरीको चेतावनी जारी गरेका छन्।