२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको दुःखद मृत्यु

जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको दुःखद मृत्यु

इस्तानबुल- जर्जियाको सिघनाघी क्षेत्रमा टर्कीको सी–१३० सैन्य कार्गो विमान दुर्घटनामा चालकदलसहित २० सुरक्षाकर्मीको मृत्यु भएको छ। अजरबैजानको गन्जाबाट उडान भरेको विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै सम्पर्क विच्छेद भएको थियो।

दुर्घटनाको कारणबारे प्रारम्भिक अनुमानमा खराब मौसम वा प्रविधिगत समस्या देखिएको छ। टर्की र जर्जियाले संयुक्त अनुसन्धान सुरु गरेका छन्।