२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

उत्तराखण्डको टिहरीमा यात्रु बस दुर्घटना, ५ को मृत्यु

उत्तराखण्डको टिहरीमा यात्रु बस दुर्घटना, ५ को मृत्यु

भारत- उत्तराखण्डको टिहरी जिल्लाको नरेन्द्रनगर क्षेत्रअन्तर्गत कुन्जापुरी–हिंडोलाखाल नजिक यात्रु बोकेको बस करिब ७० मिटर गहिरो खोंचमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

बसमा गुजरात तथा अन्य राज्यबाट आएका तीर्थयात्रीहरू सवार थिए। दुर्घटनाग्रस्त बसमा १८ जना यात्रु रहेका मध्ये ३–४ जनाको अवस्था गम्भीर छ। घाइतेलाई एसडीआरएफ टोलीले उद्धार गरी नजिकैको अस्पतालमा पुर्‍याएको छ, जसमा पाँच जनालाई थप उपचारका लागि एम्स ऋषिकेश पठाइएको छ।

मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको शान्ति र शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति दिन भगवानसँग प्रार्थना गरेका छन्।

जिल्ला आपतकालीन व्यवस्थापन अधिकारी बृजेश भट्टका अनुसार यात्रुहरू भारत दर्शनका क्रममा कुन्जापुरी माता मन्दिर दर्शन गरेर फर्किँदै गर्दा दुर्घटना भएको हो।