२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

हङकङ आगलागी : मृतकको संख्या ९४ पुग्यो, सयौँ अझै बेपत्ता

हङकङ आगलागी : मृतकको संख्या ९४ पुग्यो, सयौँ अझै बेपत्ता

हङकङ- हङकङको ताई पो जिल्लामा भएको भीषण आगलागीमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्। अधिकारीहरूले जनाएअनुसार अझै करिब ३०० जना बेपत्ता छन्।

बुधबार राति सुरु भएको आगलागी आठवटा आवासीय भवनमध्ये सातवटामा फैलिएको थियो। हङकङका नेताले आग नियन्त्रणमा आएको बताएका छन्। तर सुरक्षा कमजोरीका कारण स्थानीयहरू आक्रोशित बनेका छन्। एक निवासीले भनेका छन्, “यो दुर्घटना रोक्न सकिन्थ्यो।”

हालसम्म आगलागी सुरु हुँदा भवनभित्र कति मानिस थिए भन्ने स्पष्ट छैन। पछिल्ला तथ्याङ्कअनुसार उक्त आवासीय परिसरमा करिब ४,६०० मानिस बसोबास गर्छन्।

आगलागी कसरी सुरु भयो भन्ने विषयमा अझै प्रश्न उठिरहेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धानमा भवनबाहिर प्रयोग गरिएको सामग्री फायरप्रूफ नभएको जनाएको छ।