२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

अमेरिका र युरोपको सम्बन्ध अहिलेसम्मकै नजिक: बेसेन्ट

अमेरिका र युरोपको सम्बन्ध अहिलेसम्मकै नजिक: बेसेन्ट

स्विट्जरल्यान्ड- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युरोपसँग अमेरिकाको सम्बन्ध एकदमै बलियो रहेको बताएका छन्। डाभोसमा भइरहेको विश्व आर्थिक मञ्चको बैठकमा बोल्दै उनले व्यापारिक साझेदारहरूलाई नआत्तिन र ग्रिनल्यान्ड विवादले ल्याएको तनावलाई शान्त भएर हेर्न आग्रह गरे। उनले भने, “मलाई लाग्छ हाम्रो सम्बन्ध कहिल्यै यति नजिक भएको थिएन।”

राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी पहुँचका लागि दबाब दिन आठ युरोपेली देशका सामानमा १० प्रतिशत कर लगाउने धम्की दिएपछि युरोपमा खैलाबैला मच्चिएको छ। बेसेन्टले भने यो करलाई सैन्य बलको विकल्प र डेनमार्कसँग वार्ता गर्ने एउटा दाउको रूपमा मात्र प्रयोग गरिएको बताए। यता युरोपेली नेताहरूले भने ट्रम्पको यो कदमको विरोध गर्दै आफ्नै तरिकाले जवाफ दिने तयारी गरिरहेका छन्। उता ग्रिनल्यान्डका प्रधानमन्त्रीले पनि करको धम्कीले आफ्नो अडान नबदलिने कुरा स्पष्ट पारेका छन्।