२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

अमेरिकामा विमान चढ्न ‘रियल आईडी’ छैन? अब ४५ डलर जरिवाना लाग्ने

अमेरिकामा विमान चढ्न ‘रियल आईडी’ छैन? अब ४५ डलर जरिवाना लाग्ने

न्युयोर्क- अमेरिकामा हवाई यात्रा गर्दैछौ भने होसियार! यदि तिमीसँग ‘रियल आईडी’ वा पासपोर्ट छैन भने अब तिम्रो यात्रा महँगो पर्न सक्छ। फेब्रुअरी १ (आइतबार) देखि लागू हुने गरी ट्रान्सपोर्टेसन सेक्युरिटी एडमिनिस्ट्रेशनले नयाँ नियम ल्याएको छ।

अबदेखि रियल आईडी (माथि दायाँ कुनामा कालो वा सुनौलो तारा भएको लाइसेन्स) नहुने यात्रुले सुरक्षा जाँचका लागि ४५ डलर (करिब ६ हजार रुपैयाँ) अतिरिक्त शुल्क तिर्नुपर्नेछ। यसलाई ‘ConfirmID’ नाम दिइएको छ। पैसा तिरेपछि तिमीले आफ्नो परिचय खुलाउन केही प्रश्नहरूको जवाफ दिनुपर्ने हुन्छ।

TSA ले यो शुल्क विमानस्थल जानुअघि नै अनलाइनमार्फत तिर्न सुझाव दिएको छ। नत्र विमानस्थलमा लाइन बस्दा कम्तीमा ३० मिनेट ढिला हुन सक्छ र विमान छुट्ने डर पनि हुन्छ। तर नआत्तिऊ, यदि तिमीसँग पासपोर्ट छ भने ४५ डलर तिर्नु पर्दैन। तथ्यांक अनुसार ९४% यात्रुहरूसँग पहिले नै मान्य आईडी छ।